पहिरोमा पुरिएर दुई जनाको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

नरहरीनाथ गाउँपालिका-७ ओखरेनीगाड सिरुपाटामा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सोही ठाउँ बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?