काठमाडौं । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले सांसदले प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले वञ्चित गराएको भन्दै आरोप लगाएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यप्रति सांसदहरुलाई प्रश्न गर्न नदिएको भन्दै कांग्रेसले यस्तो आरोप लगाएको हो । उक्त बैठकले बुधवार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह पनि गरेको छ ।
संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
संसद सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न पनि सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गर्नुपर्ने काँग्रेसको भनाइ छ । काँग्रेस संसदीय दलले सभामुख महरालाई सदनको गरिमा बचाउन र साझा व्यक्तिको रुपमा भूमिका निर्वाह गर्न पनि ध्यानाकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया