काठमाडौं । नेपाली सेनाको सैनिक आचार संहिता कार्यक्रम–२०८० सम्पन्न भएको छ ।
हरेक वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचार लगायतका विषयमा अत्यावश्यक जानकारीहरु स्मरण गराउने नेपाली सेनाको प्रचलन अनुरुप बैशाख ५ गते सुरु भएको सैनिक आचार संहिता कार्यक्रम–२०८० प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको सम्वोधनसँगै बैशाख ६ गते समापन भएको छ ।
समापन समारोहमा सकलदर्जालाई सम्बोधन गर्दै प्रधान सेनापतिले सैनिक आचार संहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएको र यो नै सैनिक पेशाको मुख्य शक्ति रहेको बताए । उनले हरेक सिपाहीले सैनिक आचरणहरुको निरन्तर स्मरण र पालना गर्नु नै सैनिक धर्म र कर्म रहेको बताए ।

प्रधान सेनापतिले संगठनको विशिष्टता कायम राखि राख्ने चेन अफ कमाण्डलाई पूर्ण रुपमा अनुशरण गर्दै एक ढिक्का भई नेपाली सेनाको मूल्य र मान्यता अनुरुप संगठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए । उनले सकलदर्जामा उच्चस्तरको आचरण र नैतिक चरित्रको विकास गर्दै सदाचारपूर्ण संस्कार विकास गर्दै लैजानु हरेक तहका कमाण्डरहरुको दायित्व रहेको समेत बताए ।
नेपाली सेनाका सकलदर्जाको सहभागिता रहेको सो कार्यक्रम अवधिभरमा नेपाली सेनाको मुल्य मान्यताहरु, नेपाली सेनाको परम्परा तथा शिष्टाचार, सोसल मिडिया प्रयोग, विभिन्नु किसिमका भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोवार तथा बजेट, शिक्षक तथा शिक्षार्थीहरुले पालना गर्नु पर्ने आचार संहिता, भर्ना छनौट, लैङ्गिक आचरण तथा उपहार सम्बन्धि आचार संहिताहरुमा विषयविज्ञहरुबाट प्रस्तुतीकरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया