महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बुधबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

आज दिउँसो १२ बजेको समयमा गौशाला नगरपालिका १ रामनगरमा निर्माणाधिन रहेको रेल्वे ट्रयाकको २ सय मिटर उत्तरपट्टी बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो ।

गौशाला रोड हुँदै गौशाला जाने क्रममा मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुर्घटनामा परी सिरहाको कल्याणपुर नगरपालिका १० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजि ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?