काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कानून मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कानून मन्त्रालयको जिम्मेवारी समेत तोकेका थिए ।
कार्यभार सम्हाल्दै कानूनमन्त्री खड्काले आज बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसको एजेण्डा प्रवेश गरे पनि थप छलफल आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया