ओलीलाई यदुवंशी मुसलको संज्ञा दिँदै रवि लामिछानेप्रति घनश्यामको कटाक्ष

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली यदुवंशी मुसल भएको भन्दै कटाक्ष गरेका छन् ।

बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले ओलीवाद व्यक्ति मात्र नभइ प्रवृत्ति रहेको भन्दै कटाक्ष गरे ।

म आफैँ विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने उक्त ओली प्रवृद्धिले देखाउने गरेको आरोप लगाए ।

‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो । यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रूपमा हुर्कियो । यसमा विचार के हो भन्दा म हो । मेरो हो, मेरा हुन् ।’ उनले भने, ‘ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त के हो भन्दा मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो सिद्धान्त । म विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने कुरा भइसकेपछि वामन्थीमा यदुवंशी मुसल तयार हुन्छ । भएको राम्रो पार्टी र राजनीतिक बिगार्न संसद् विघटनबाट सुरु भयो ।’

यस्तै प्रवृत्तिको कारण नै नयाँ दलहरुको जन्म भएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरे ।

नयाँ वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा आएको भन्दै कटाक्ष गरे ।

‘यो दुर्दशाको कारण यही प्रवृत्तिको कारण गर्दा राष्ट्रिय राजनीतिमा यी समस्या देखिएका छन् र नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरुका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरु नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीका नजिक छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?