आफूले दोहोरो नागरिकता लिएको तथ्य पुष्टि गर्न सांसद बडुको चुनौती

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बढुले आफूमाथि लागेको दोहोरो नागरिकता बोकेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बडुले आफूसहित १२ जनाले दोहोरो नागरिकता लिएको भन्दै सम्प्रेसित समाचारप्रति समेत आपत्ति जनाएका छन् ।

मंगलबार सिन्धुलीका युवराज पौडेल सफलले पूर्व परराष्ट्रमन्त्री नारायण खड्का, सांसद बडु र डा. स्वर्णिम वाग्लेसहित १२ जनाले दोहोरो नागरिकता लिएको भन्दै गृहमन्त्रालयमा छानबिनको लागि निवेदन दिएका थिए ।
सो आरोपले आफ्नो प्रतिष्ठामाथि आँच पुगेको भन्दै सो त्यसलाई पुष्टि गर्न चुनौती दिएका हुन् ।

‘म माथि लगाइएको आरोप पुष्टि गर्न म ठाडो चुनौति दिन चाहान्छु । यसरी सम्प्रेशित यो समाचारले म एउटा जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुर्याएको छ भने मैले पटकपटक सार्वभौम राष्ट्रको मन्त्री पदको जिम्मेवारी निर्वाह गरिसकेको सन्दर्भमा मेरो देशको स्वाधिनतामा समेत अपूरणीय क्षती पुर्याउन सक्ने भएको हुनाले यस्ता तथ्यहिन व्यहोराका उजुरीकर्ता र सत्यतथ्य खोजि नगरी आचारसंहिताका विपरित दुराशयपूर्ण समाचार सम्प्रेषणकर्ताहरुसमेत हदैसम्मको कारबाही गरी सत्यतथ्य संसदलाई जानकारी गराउन समेत म नेपाल सरकारको सम्बद्ध सबै निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?