किसान श्रेष्ठ भन्छन्– ‘उपनिर्वाचनमा कांग्रेसले लगाएको गुन तिर्छु’ (भिडियोसहित)

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा गठबन्धनको उम्मेदवारको जित निश्चित भएको दाबी गरेका छन् ।

लोकपथसँगको कुराकानीमा पूर्वमन्त्री समेत रहेका श्रेष्ठले आफूहरु गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताउने अभियानमा लागेको बताए ।

यसअघि मंसिरको निर्वाचनमा आफूलाई बारा क्षेत्र नं ४ बाट कांग्रेसले ठूलो सहयोग गरेर विजयी गरेको बताउँदै आफूले गुन तिर्ने बताए ।

‘जसरी मलाई नेपाली कांग्रेससहित नेता कार्यकर्ताहरुले जिताउनुभयो । बारा ४ मा नेपाली कांग्रेसको साथ थियो । त्यसको गुन तिर्नुछ ।’ उनले भने ।

त्यस्तै बाहिरबाट हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल सो क्षेत्रमा धेरै रहे पनि भित्र त्यस्तो नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?