स्वर्णिम वाग्लेसहित १२ जनाको नागरिकता छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन

लोकपथ
182
Shares

काठमाडौं । स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाल लगायतका नेताहरुको नागरिकता छानबिन गर्न गृह मन्त्रालयमा निवेदन परेको छ ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।

पौडेलले राजेन्द्र महतो, सरिता गिरी, सुजना कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल, परमान्द झा, देवेन्द्र राज कडेल, डा. स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल, डा. नारायण खडका, दिलेन्द्रप्रसाद वडुको नाम किटान गर्दै निवेदन दिएका हुन् ।

उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी नेपाली नेताहरूसँग भएको विदेशी ग्रिन कार्ड एवं नागरिकताको छानबिन गर्न युवराज पौडेलले माग गरेका छन् ।

हेर्नुहोस् निवेदन : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?