नापोलीलाई स्तब्ध पार्दै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

लोकपथ
195
Shares

काठमाडौं । एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा मिलानले नापोलीसँग १-१ गोलको बराबरी खेलेको हो ।

दोस्रो लेगमा बराबरी खेलेको भएपनि मिलानले समग्रमा २-१ को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाएको हो । पहिलो लेगमा मिलानले १-० गोलको जित निकालेको थियो ।

बराबरीमा सकिएको खेलमा मिलानका लागि ओलिभर जेरुडले गोल गरे भने भिक्टर ओसिमहेनले नापोलीका लागि एक गोल फर्काए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?