‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

लोकपथ
299
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । आज हुने तीन खेलमध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

पहिलो खेलमा एपीएफ क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने छन् । दशरथ रंगशालामा हुने एपीएफ र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

त्यस्तै रंगशालामा हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब भिड्ने छन् । फ्रेन्ड्स र संकटाबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

च्यासलमा हुने जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?