चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

लोकपथ
247
Shares

काठमाडौं । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको
क्वाटरफाइनलको दोस्रो लेगमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।

रियलले समग्रमा ४-० को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो । चेल्सीलाई पराजित गर्न रियलका रोड्रिगोले दुई गोल गरे ।

पहिलो लेगमा रियलले चेल्सीलाई २-० गोल अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?