बर्खास्तको निर्णयलाई सहज रुपमा लिएको रेग्मीको भनाई

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मीले सरकारको निर्णयलाई सहज रुपमा लिएको बातएका छन् । 

 सरकारले  गरेको बर्खास्त निर्णयलाई आफूले सहज रुपमा लिएको उनले बताएका हुन्  । 

सरकारले राष्ट्रिय अनुसन्धान विभागको नियमावली संशोधन गर्दै प्रमुखको कार्यकाल तीन वर्षे कायम गरेको छ । यससँगै दिलिप रेग्मी विदा भएका छन् भने गणेश अधिकारी नयाँ प्रमुखको  पद सम्हालेका छन् । 

२०७२ जेठ १४ मा नियुक्त भएका रेग्मीको कार्यकाल आगामी जेठ १४ सम्म थियो तर सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?