संवैधानिक परिषद् बैठक : निस्कियो निष्कर्ष ?

लोकपथ
49
Shares
a}7sdf ;xefuL sf7df8f}F, ^ j}zfv M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú sf] cWoIftfdf l;+xb/af/df ;’? ePsf] ;+j}wflgs kl/ifbsf] a}7sdf ;xefuLx? . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको छ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी रहेका थिए।

बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिस लगायतका विषय रहेको थियो । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । तर आजको बैठकमा सहमति जुट्न सकेको छैन ।

बैठकमा कुनै सहमति जुट्न नसकेपछि अर्को बैठक बसेर थप छलफल गरिने संवैधानिक परिषद्का एक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?