काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने भएको छ ।
आजैमात्र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँगको भेटमा पनि चिकित्सहरुले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लैजानुपर्ने जानकारी गराएका थिए ।
तिमल्सिनाले पौडेलको स्वास्थ्य अवस्था हेर्दा आत्तिहाल्नु पर्ने अवस्था नदेखिएको बताए । तर उनलाई थप परीक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले जानकारी गराएका हुन् ।
शीतल निवास स्रोतका अनुसार उनलाई श्रीएयरलाइन्सको जहाजबाट भारत लगिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया