काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि बाक्लिन थालेपछि त्यसको सबैभन्दा धेरै छटपटाहट सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भएको छ ।
उनी पूर्वराजाका सबैजसो गतिविधिमा प्रतिक्रिया दिइरहन्छन् त्यो पनि निकै आक्रमक रुपमा । पछिल्ला हरेकजसो कर्मचारीमा बोल्दा उनले पूर्वराजा ज्ञानेन्द्रको प्रसंग निकाल्छन् र आक्रोस पोख्छन् ।
दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेको नेकपाका अध्यक्ष प्रचण्ड पूर्वराजाबाट ‘ढुक्क भएर बस्न सकिने अवस्था नरहेको’ भन्दै किन सार्वजनिक कार्यक्रममै आक्रामक रूपमा प्रस्तुत हुन्छन्? यो विषय राजनीतिक वृतमा चर्चामा आउन थालेको छ ।
प्रचण्ड पूर्वराजासँग यति धेरै डराएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
पूर्वराजा शाहका गतिविधिबाट प्रचण्ड किन यति धेरै तर्सिन्छन् । बुझन सकिएको छैन । तर, प्रचण्ड पूर्वराजासँग यति धेरै डराएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
प्रचण्डको संशय सृखला…
आइतबार मात्रै रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो गुमेको शासन पुर्नस्थापित गर्न पूर्वराजा निरन्तर अभ्यासमा लागेको आरोप लगाए ।
एक दशक लामो सशस्त्र द्वन्द्व हुँदै नेपालको मूलधारको राजनीतिमा स्थापित भएका प्रचण्डले भने, ‘पूर्वशासकहरु कुनै न कुनै रूपले जनतालाई कमजोर पार्ने, उक्साउने र गुमेको शासन पुर्नस्थापित गर्ने अभ्यासमा लागेका छन् ।’
कांग्रेसमा हिन्दूराष्ट्र पुर्नस्थापनाको पक्षमा हस्ताक्षर चल्दा र राप्रपाले समेत हिन्दूराष्ट्र पुर्नस्थापनालाई प्रमुख मुद्दा बनाएर देशव्यापी ‘जनसंघर्ष’ आरम्भ गर्ने बताइरहँदा पनि प्रचण्डको आक्रोश राजाप्रति बढेको देखिन्छ ।
पुरानो शक्ति हावी हुने खतरा देखिँदै आएको उनको संशय छ । जनतालाई सचेत र स्पष्ट पारिएन भने परिणाम ‘घातक’ हुनसक्ने चेतावनीसहित प्रचण्डले संन्त्रास व्यक्त गरे ।
कांग्रेसमा हिन्दूराष्ट्र पुर्नस्थापनाको पक्षमा हस्ताक्षर चल्दा र राप्रपाले समेत हिन्दूराष्ट्र पुर्नस्थापनालाई प्रमुख मुद्दा बनाएर देशव्यापी ‘जनसंघर्ष’ आरम्भ गर्ने बताइरहँदा पनि प्रचण्डको आक्रोश राजाप्रति बढेको देखिन्छ ।
यसअघि पूर्वराजा नातेदारको जन्मदिन मनाउन काठमाडौंको एउटा रेस्टुरामा पुगेको र त्यहाँ उनी नाच्दै गरेको तस्बिर सार्वजनिक भएका थिए । त्यसक्रममा पूर्वराजाको कुनै अभिव्यक्ति भने आएन तर प्रचण्डले मुख थाम्न सकेनन् ।
र त्यसको केहि दिनमै पोखरा पुगेर भने, ‘निरङ्कुश शासकहरूलाई बिर्सेका छैनौं, अहिले उनीहश्र नाच्दै हिँडेका छन् रे होटल होटलमा! केका लागि नाचेका हुन्?’
राजनीतिक विश्लेषक भन्छन्- प्रचण्ड आत्तिनुको औचित्य छैन
तर राजनीतिक विश्लेषकहरुले भने तत्काल प्रचण्ड आत्तिनुको कुनै औचित्य नभएको बताएका छन् । कमजोरीले सरकारको विश्वास गुम्दै गएको भन्दै त्यसबाट नेतृत्वमा संशय पैदा भएको उनीहरुको विश्लेषण छ ।
प्रचण्डका ‘त्रास’ जडित अभिव्यक्तिको मुख्य जड नै गुम्दै गएको सरकारप्रतिको विश्वास हाे ।
प्रचण्डका ‘त्रास’ जडित अभिव्यक्तिको मुख्य जड नै गुम्दै गएको सरकारप्रतिको विश्वास भएको राजनीतिक विश्लेषक सुरेन्द्र केसीको ठम्याई छ ।
उनी भन्छन्– ‘सरकारले आफूले सोचेजसरी दिन नसकिरहेको परिणामसँग जोडिएर यस्ता अभिव्यक्ति गएका हुन्, जनता बहकिने जोखिम त रहन्छ तर तत्काल प्रचण्डले आत्तिनुपर्ने अवस्था छैन ।’
उनले एउटा स्वतन्त्र नागरिकको हैसियताले पूर्वराजामा घुम्ने, बोल्ने र व्यवसाय गर्नेसम्मका अधिकार पाउने बताए ।
सरकार आफ्नै कुकर्मले अलोकप्रिय बनेको उनको तर्क छ । तर सरकार अलोप्रिय भयो भन्दैमा तत्कालै राजा फर्कने अवस्था भने नहरेको उनी बताउँछन् ।
जनता बहकिने जोखिम त रहन्छ तर तत्काल प्रचण्डले आत्तिनुपर्ने अवस्था नहरेका राजनीतिक विश्लेषक सुरेन्द्र केसीको ठम्याई छ ।
‘ठूलै अस्थिरता आएपछि मात्र पूर्वराजा फर्कन सक्ने जोखिम छ,’ राजनीतिक विश्लेषक केसीले भने, ‘आन्तरिक शक्तिले त्यो सम्भव छैन, बाह्य शक्ति लागेमा बसैले रोक्न सक्दैन ।’
काउन्टरमा कमल
प्रचण्ड पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रामक रुपमा प्रस्तुत भइरहँदा राप्रपा अध्यक्ष कमल थापा पूर्वराजाको बचाउ गर्छन ।
पूर्वराजा पोखरामा रहँदा भेटवार्ता गरेका अध्यक्ष थापाले पश्चिमको धनगढी पुगरे प्रचण्डलाई जवाफ फर्काउदै भने, ‘राजा देश दौडाहामा हिड्दा र नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?’
कमल थापाको प्रश्न- ‘राजा देश दौडाहामा हिड्दा र नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?’
‘कतै प्रचण्ड आवश्यकता भन्दा बढी नै राजासँग त्रस्त भएका त होइनन्’ -उनको प्रश्न थियो । साथै उनले एउटा अन्तर्वार्तामा राजतन्त्र पुर्नस्थापना हुँदा पृथ्वीनारायण शाहको सन्तानका रुपमा ज्ञानेन्द्रका नाति हृदयेन्द्रसमेत राजा हुनसक्ने बताएका थिए ।
तर, राजनीतिक नेता एवम् विश्लेषकहरूले त्यस्ता अभिव्यक्तिलाई राजतन्त्र पक्षधरहरूको दिवास्वप्न मान्ने गरेका छन् ।
राजामा आम नागरिकको स्वन्त्रता
पूर्वराजा शाह सर्वसाधारण नागरिक भैसकेका छन् । उनीसँग राजनीतिक दलका नेताहरु तर्सिनुपर्ने अवस्था छैन ।
नेपालको संविधानले हरेक नेपाली नागरिकलाई अभिव्यक्ति र हिँडडुल गर्ने स्वतन्त्रता दिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको क्रियाकलापबाट डराउनु वा तर्सिनु भनेका आफैसँग डराउनु हो भन्नेहरु पनि छन् ।
पूर्वराजा शाहका साना कुराहरुको प्रचण्डले आलोचना गर्दा धेरैले रुचाएका छैनन् ।
तत्कालीन माओवादीको अध्यक्ष रहेका बेला ‘प्रचण्ड’ पनि नायिका रेखा थापासँग छमछमी नाचेका थिए । तर, पूर्वराजा रेष्टुरामा परिवारसँग नाच्ने र आम नागरिकको हैसियतले गतिविधि बढाउँदा प्रचण्डले किन आलोचना गर्छन भनेर धेरैले आश्चर्य मान्न थालेका छन ।
पूर्वराजा शाहका साना कुराहरुको प्रचण्डले आलोचना गर्दा धेरैले रुचाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया