आवेदकको रकम फिर्ता गर्ने रेल्वे कम्पनीको निर्णय

लोकपथ
140
Shares

काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले दरखास्त दस्तुर वापतको रकम फिर्ता गर्ने भएको छ ।
बुधबार कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार करारमा कर्मचारी भर्ना गर्ने स्वीकृती प्राप्त भएर प्रकृया अगाडि बढाइएपनि लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी प्रकृया स्थगित गर्न निर्देशन दिएको थियो ।

यस्तै मन्त्रिपरिषद्ले समेत प्रकृया रद्ध गरेसँगै आवेदकको दरखास्त दस्तुर वापतको रकम फिर्ता दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

सूचनामा निवेदकहरुलाई आजको मितिले ३५ दिनभित्र कार्यालय समयमा निवेदन दिन सूचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?