रवि लामिछानेको निर्णय खारेज

लोकपथ
147
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरेको एक विवादास्पद निर्णय खारेज भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरले नागरिकको विवरण प्रमाणीकरणसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

यो कार्यविधिलाई लिएर प्रश्न उठेकाले यसलाई खारेज गरेर यस विषयमा छानबिन गर्ने निर्णय समेत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रििध मन्त्री रेखा शर्माले जानकारी दिइन् । लामिछाने गृहमन्त्री हुँदा आर्थिक् चलखेलका आधारमा यो निर्णय भएको आरोप लाग्दै आएको छ। लामिछानेले भने यस आरोपको खण्डन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?