१० गते बेलुका गण्डकी प्रदेशले नयाँ सरकार पाउँछ : गगन थापा

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले वैशाख १० गतेसम्म गण्डकीमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

मंगलबार उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न तनहुँ पुगेका महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

‘वैशाख १० गते बेलुका गण्डकी प्रदेशले नयाँ सरकार पाउँछ ।’ महामन्त्री थापाले भने ।

त्यस्तै केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको सरकार भएपछि तनहुँ क्षेत्र नं १ मा कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराईले नै विकासको फाइल बोकेर जाने दाबी गरे । त्यस्तै लामो अनुभवबाट आएको नेता भएको कारण संसदमा भट्टराईको अभाव रहेको बताए ।

‘केन्द्रदेखी प्रदेशसम्म गठबन्धनको सरकार भएपछी गोविन्द भट्टराईले नै तनहुँको विकासको फाइल बोकेर जान्छन् ।’ उनले भने, ‘ ५ वर्ष खेर नफाल्नका लागि हामीलाई गोविन्द भट्टराई चाहिएको छ । हामीलाई प्रश्न गर्ने सांसद चाहिएको छ, त्यो क्षमता गोविन्द भट्टराईमा मात्र छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?