कानून मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

लोकपथ
35
Shares

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

यसअघि गत पुस पुस १० गते गठित मन्त्रिपरिषद्मा सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भागमा रहेको थियो । पछि राप्रपाका ध्रुवबहादुर प्रधान नियुक्त भएका थिए ।

गत माघ १३ गते राप्रपाले सरकार छाडेपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?