सबै दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीको आह्वान, यी हुन् १०० दिनको उपलब्धी

लोकपथ
28
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै राजनीतिक दलहरुलाई सरकारमा सामेल हुन आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा सहभागी ६ वटै राजनीतिक दलहरुलाई आफू नेतृत्वको सरकारमा सहभागि हुन आग्रह गरेका हुन् । प्रदेश सभामा सहभागि ६ वटा राजनीतिक दलमध्ये नेकपा (एमाले), माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टी अहिलेको सरकारमा सहभागि भएपनि प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र पाँच ठूलो दल नेकपा (एकीकृत समाजबादी) सरकार बाहिर रहेको चर्चा गर्दै उनीहरुलाई पनि सरकारमा सहभागि हुने अनुरोध गरेका हुन् ।

मङ्गलबार ‘कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धी विवरण’ सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताए । गत पुस २५ गते भएको उक्त सरकारले मङ्गलबार एक सय दिन पुरो गरेको छ ।

मुख्यमन्त्री कार्कीले भने– ‘म आव्हान गर्न चाहान्छु, सबै मिलेर पाँच वर्ष सरकार चलाउ र नेपाली जनतालाई सन्देश दिउँ ।’ हाम्रो बहुदलीय प्रतिस्पर्धात्मक र वेस्ट मिनिस्टर प्रणालीमा बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष चाहिन्छ भन्ने मान्यता रहेपनि त्यो मान्यता श्राद्धा गर्दा बिरालो बाद्नुपर्ने मान्यता जस्तो मात्र भएको दृष्टान्त प्रस्तुत गर्दै यो कुनै कानुनी र संबैधानिक बाध्यता नभएको स्पस्ट पारे ।

उनले भने– ‘सँगै मिलेर नयाँ सन्देश दिउँ, त्यसले राष्ट्रिय राजनीतिमा विभिन्न मुद्धाहरुमा राष्ट्रिय सहमतिको वातावरण बन्ने, अन्य प्रदेशहरुमा पनि एउटा सहमतिको वातावरण बन्ने र नेपाली जनताहरुमा देखिएको निराशा, कुण्ठा, आक्रोसलाई चिरेर सम्भावित राजनीतिक दुर्घटनाहरु तथा मध्यवधी निर्वाचनको संभावानालाई टार्न सकिन्छ ।’

मुख्यमन्त्री कार्कीले जहिलेसम्म बहुमत आउँदैन तब सम्म दलहरु सँगै मिलेर जाने संस्कृतिको विकास गर्न पनि आग्रह । उनले मङ्सिर ४ गतेको निर्वाचनको परिणामपछि सङ्केत मुलुकमा राजनीतिक स्थायीत्वको सम्भावाना नदेखिएको दृष्टान्त प्रस्तुत गर्दै राजनीतिक पार्टीको केन्द्रीय नेतृतवमा समिकरण परिवर्तन भएको र कोशी प्रदेश बाहेक कुनै पनि प्रदेश सरकारले सय दिन व्यतित गर्ने मौका नपाएको स्पस्ट पारे ।

उनले कोशी प्रदेशको सरकारको भविश्य पनि के हुन्छ भनेर विभिन्न अड्कलबाजीहरु भइरहेको स्मरण गराउँदै तर कोशी प्रदेशमा भने सरकारमा सहभागि दलहरु एकमतका साथ अघि बढिरहेको दाबी गरे ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले एक सय दिनमा आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूण कामको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?