काठमाडौं । राजधानीको शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन भएको छ ।
गृह मन्त्रालयको निर्देशनमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ ।
सो घटनामा प्रहरीका डीएसपीसहित ८ जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ पनि २० जना घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया