काठमाडौं । राजिब गुरुङ (दीपक मनाङे)ले सपथ लिने नलिने भन्नेबारेको धारणा आज सार्वजनिक गर्ने गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले बताएका छन् ।
केहिदिन आफैले बोलेको कुरा फेर्दै सभामुख अधिकारीले मंगलवार मात्र सपथको बारे ठोस निर्णय हुने बताएका हुन् । आईतबार बेलुकी पोखरा आएका गुरुङले सोमबारबाट भेटघाट बढाएका थिए ।
उनले सोमवार नै प्रदेश सभा परिसरमा मुख्यमन्त्री लगायत अन्र प्रदेश सदस्यहरुसंग पनि भेटघाट गरेका थिए ।
संचारकर्मीहरुसंगको कुराकानीमा दीपक मनाङे सपथ आफ्नो अधिकार भएकाले सपथ लिएर मात्र फर्कने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया