काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्द्धन गर्नका लागि कामपाले सामुदायिक विद्यालयमा उक्त कार्य सुरु गरेको जानकारी दिएको छ ।
उक्त कार्य स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयमा प्रारम्भ भइसकेको छ भने अन्य सामुदायिक विद्यालयमा पनि उक्त काम विस्तार गर्ने तयारी रहेको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
“कामपाको जिम्मेवारीसँग जोडिएको घरेलु फोहोरको दिगो व्यवस्थापनमा नतिजा ल्याउनु अहिलेका लागि मुख्य काम हो”, उनले भने, “जैविक फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्नका लागि जनताबाट सहयोग भए महानगरपालिकाको ठूलो खर्च जोगिन्छ, यसबाट स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्छ ।”
उनका अनुसार महानगरले फोहोर व्यवस्थापन गर्नु मात्र भन्दैन, आवश्यक परेको सहयोग पनि उपलब्ध गराउँछ । कामपाले एक हजारभन्दा धेरै विद्यार्थी भएका विद्यालयबाट उत्पादन भएको फोहोर व्यवस्थापनका लागि कतै कम्पोष्टिङ राख्ने, कतै गड््यौले मल बनाउने, कतै अन्य प्रविधि राख्ने योजना रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया