काठमाडौँ । पक्राउ परेका कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार उनलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले आरती पक्राउ परेको पुष्टि गर्दै ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको बताए ।
शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।
यसअघि वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीपनि पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया