राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, भएको के हो ?

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर परीक्षण गरेको उनका निजी चिकित्सक डा. निरज बमले लोकपथलाई जानकारी दिए ।

छातीको तल्लो भागको पानी निकालेर परीक्षणका लागि पठाइएको उनले बताए ।

‘उहाँ बिहान नियमित चेकअपको लागि आउनुभएको थियो ।’ डा. बमले लोकपथसँग भने, ‘छातीको तल्लो भागबाट परीक्षणको लागि पानी निकालिएको र परीक्षणका लागि पठाइएको छ ।’ उनले भने ।

स्थास्थ्य परीक्षणपछि राष्ट्रपति पौडेल शीतल निवास फकिएका छन् । सामान्य रुपमै काममा फर्किएको डा. बमले बताए ।

केही दिनअघि पेटमा समस्या भएसँगै राष्ट्रपति पौडेल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?