नेपालमा कोरोना : थप १ जनाको मृत्यु, कति पुगे सक्रिय संक्रमित ?

लोकपथ
21
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ ।

त्यससँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ६ सय ३२ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमित थपिएका हुन् । यता थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या समेत बढिरहेको छ । हाल नेपालमा ३७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?