महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गरेकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेखेकी छिन ।
केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटस्वर्ण पदकसमेत प्राप्त गरेकीजोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताइन।
सामान्य पारिवारिक अवस्थाकी जोशीले ‘नेपाली भाषा शिक्षा’ सहलेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिइन । अहिले उनिको ‘सामाजिक संस्था र प्रक्रियाहरुको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन गर्छिन । जोशीले भनिन, “ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टी बापत पारिश्रमिक मिन्छ ।”
उनिले लेखेकी ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमिष्टरमा अध्यापन हुन्छ । अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाएकी हुन ।
उनि प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल हुन्थीन। सुदूरपश्चिम विश्वविद्यालयबाट चारवटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाए । “ ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जितँीन”, उनले भने, “कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिए ।”
अध्ययनमा अब्बल उनिले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरु आएको जानकारी दिए । “जागिरको अफर आएको थियो”, जोशीले भनिन “अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।”
नेपाली सेनाको जम्दार पदबाट सेवानिवृत्त बुवा र गृहिणी आमाकी छोरी उनिले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेकी हुन ।
भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा सहलेखन २०७, नेपाली भाषा र साहित्य शिक्षण सहलेखन २०७ प्राज्ञिक लेखन एकल २०७, भाषा सञ्चार र प्रविधि एकल २०७ सहित आधा दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् ।
जोशीका नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोकसाहित्यलगायत क्षेत्रमा अनुसन्धात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरु तथा साहित्य विषयक लेखहरु प्रकाशित छन् ।
विश्वविद्यालयको दीक्षान्त समारोमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठजना दीक्षित भएकामा दुई छात्रा र छ छात्र थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया