गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्र्याएर देश चलाउने पक्षमा नरहेको बताएका छन् ।
सहिद लखन गाउँपालिका-९ नाम्जुङमा भूकम्पपछि पुनःनिर्माण गरिएको जनशक्ति माध्यमिक विद्याालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अहिलेको शिक्षाले युवालाई रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने बाध्यता रहेकोमा चिन्ता व्यक्त गरे ।
उनले अब सरकारले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने बताए ।
“युवा जनशक्तिलाई खाडी मुलुकमा पठाउने र देशमा विप्रेषणका मात्र भित्र्याएर देश समृद्ध बन्न सक्दैन”, मन्त्री पोखरेलले भने, “अब हामीले विद्यालय शिक्षा सकेर निस्कँदा उनीहरुले एउटा पेशा व्यवसाय गर्न सक्ने खालको जनशक्ति तयार गर्नु जरुरी छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया