लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिने

लोकपथ
49
Shares

दाङ । लुम्बिनी प्रदेशसभाको बैठक यही वैशाख ११ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बोलाएको हो ।

उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताए ।

तर, चैत १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिनेगरी तयारी अघि बढेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।

सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?