‘निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ’

लोकपथ
56
Shares

तनहुँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेक छन्।

भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गरे ।

डा. कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताए। पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उनको भनाई थियो । तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने विचार व्यक्त गरे।

गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी, इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको दाबी गरे।

डा. कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै कटाक्ष गरे । ‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ ।’ नेता कोईरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?