सकियाे बालकोट बैठक, के भयो छलफल ?

लोकपथ
161
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुको छलफल सकिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

यसअघि आइतबारका लागि बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।

आजको बैठकमा सर्वोच्च अदालतको नेतृत्व चयन गर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । छिट्टै संवैधानिक परिषद्को बैठक आह्वान गरेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाइने उनले बताए ।

त्यस्तै आजको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) का विषयमा समेत छलफल भएको छ । साथै संसदमा विचाराधीन महत्वपूर्ण विधेयकसहित संसदलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

शीर्ष नेताहरुसँगको छलफलसकिएपछि नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?