काठमाडौं । माओवदी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकैसाथ बालकोट पुगेका छन् ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न केहीबेरअघि बालकोट पुगेका हुन् ।
त्यसो त प्रचण्ड र देउवा एउटै गाडी चढेर बालकोट पुगेका हुन् ।
यसअघि आइतबारका लागि बोलाइएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्ड र देउवा गएका थिएनन् । आज सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
बैठकमा सहभागी हुन कांग्रेस प्रमुख सचेतक रमेश लेखकलगायत एमाले अन्य नेताहरुसमेत बालकोट पुगेका छन् । तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयासस्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ ।
ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया