पोखरा । प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त भएका थिए । जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उहाँले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।
सपथ गराउन ढिलो भएको भन्दै उहाँले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गरे । भेटपछि उहाँले आफ्नो मागमा सभामुख सकारात्मक रहनुभएको प्रतिक्रिया दिए । आफ्नो सपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बताए । मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री सपथका सम्बन्धमा केही बोलेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया