काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् ।
दुई नेता सोमबार बिहान ओली निवास बालकोट जान लागेका हुन् । अस्वस्थ भई हाल बालकोटमै आरामरत ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयले ओलीको स्वास्थ्यमा समस्या भएकाले संबैधानिक परिषद् सम्बन्धी र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल अवरुद्ध हुँदै आएको जनाएको छ ।
सचिवालयले आज भने ओली निवास बालकोट गएर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया