ओली अस्वस्थ, घरमै आराम गर्दै

लोकपथ
42
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ओलीले आफूलाई भाइरल ज्वरो आएको र एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताएका हुन् ।

‘भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले भनेका छन् ।

त्यस्तै १० वैशाखमा हुने उपनिर्वाचनमा आफू तनहुँ, चितवन र बारा जाने इच्छा भए पनि जान नसकेको बताए । तीनवटै क्षेत्रका उम्मेदवारहरु योग्य रहेको दाबी गर्दै मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । साथै उपयुक्त समयमा उनीहरुलाई भेट्ने बचन समेत दिएका छन् ।

‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ ।’ उनले भनेका छन् ‘उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?