सिंहदरबारको फोहोर नउठेकोप्रति हर्कको व्यंग्य– ‘हामी तान्यो तान्यो भन्छौँ, त्यहाँ सोह्यो–सोह्यो भन्लान्’

लोकपथ
420
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ सामाजिक सञ्जालमा सक्रिय रहन्छन् ।

आफैँ श्रमदान गरेको र त्यसलाई सामाजिक सञ्जालमा पस्किएको देख्न पाइन्छ । धराने जनतालाई पानी खुवाउने प्रतिबद्धतासहित स्वतन्त्रबाट मेयर बनेका साङ्पाङ् सबैलाई श्रमदान गर्न आह्वान गर्छन् । उनी स्वयं पनि भीरपाखामा पाइप तानेर पानी ल्याउन लागिपरिरहेको देखिन्छन् ।

आफूले काम गर्ने र अरुलाई पनि श्रम गर्न उत्प्रेरित गर्ने उनी सामाजिक सञ्जालमा खरो रुपमा उत्रिने गरेको छन् ।

सोही क्रममा मेयर साङ्पाङ्ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारको फोहोर नउठाएकोप्रति प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर साङ्पाङ्ले सो फोहोर उठाउनका लागि श्रमदान हुने पो होकी भन्दै व्यंग्य गरेका छन् । आफूहरु पाइप तान्नका लागि भीरमा तान्यो तान्यो भन्ने गरेको भन्दै त्यहाँ फोहोर व्यवस्थापनका लागि सोह्यो सोह्यो भन्दा हुन् भन्दै व्यंग्य गरेका छन् ।

‘विभिन्न जायज माग राखेर बालेन जीले सिंह दरबार भित्रको फोहोर उठाउँदैनौं भन्नु भो ! अब त्यहाँ भित्र फोहोर सफा गर्ने श्रमदान हुन्छ होला ! हामी भीरमा तान्यो तान्यो भन्छौँ त्यहाँ चाहिँ सोह्र्यो सोह्र्यो भन्दा हुन् !’ उनले भनेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त भनाइप्रति प्रतिक्रिया बसाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?