नवनियुक्त परराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण, प्रधानमन्त्रीको भारतभ्रमणबारे काम अघि बढाउने

लोकपथ
63
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी साउद) ले पदभार ग्रहण गरेका छन् ।

आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पोडेल समक्ष पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभारग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै साउदले प्रधानमन्त्रीको भारतभ्रमणबारे काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू भर्खर मन्त्रालयमा आएको र त्यसबारे कर्मचारीहरुसँग ब्रिफिङ गरेर त्यसबारे काम अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?