काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नारायणप्रकाश साउन (एनपी साउद) नियुक्त भएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री साउदले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
केहीबेरअघि राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
आजै उनले कार्यभार सम्हाल्ने बताइएको छ ।
यसअघि कांग्रेसबाट ४ जना सरकारमा सामेल भइसकेका छन् । गठबन्धनको भागबण्डा अनुसार ८ वटा मन्त्री कांग्रेसको भागमा परेको छ । बाँकी अन्य तीनको भने नाम टुंगिन बाँकी रहेको छ ।
त्यस्तै यता भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा एकीकृत समाजवादीकी नन्दा चपाईं नियुक्त भएकी छिन् । सोही समारोहकाबीच चपाईंले पनि पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया