काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ ।
राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् ।
यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पुर्वाधार तथा यातायात मन्त्रीका रुपमा जिम्मेवारी पाइसकेका छन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठाँै पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजै नेपाली कांग्रेसका तर्फबाट नारायणप्रकाश साउद (एनपी साउद) लाई परराष्ट्रमन्त्रीको शपथ खुवाउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया