काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
गत बिहीवार सिंहदरबारको कृषि समिति हलमा चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ गराएका थिए ।
आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए । तर, सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको हो ।
कृषि समितिको हलमा भएको शपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थित थियो ।
चौधरीले कैलाली क्षेत्र नं. १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
शपथपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया