सिबिफिन प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित

लोकपथ
35
Shares

काठमाडौं । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु-याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ ।

संविधान दिवस–०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए ।

संस्थागतरुपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएको यस सुखद अवसरमा खुशी व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति हार्दिक आभार व्यक्त गरेको छ । त्यसैगरी उक्त मानपदवी प्राप्त गर्नुमा अत्यन्तै महत्वपूर्ण योगदान पु¥याउनु हुने सिबिफिन कार्यसमितिका पूर्व/वर्तमान पदाधिकारी, कार्यकारी सदस्यहरु र सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरुप्रति समेत हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर सिबिफिन स्थापनाकालदेखि नै अनवरतरुपमा लागि पर्दै आएको बताइएकाे छ ।

प्राप्त मानपदवीले सिबिफिनको शिरउँचो भएको र गरिमा बढेको मात्र छैन, थप कर्तव्य र जिम्मेवारी पनि थपिएको बताइएकाे छ ।

संस्थागत उद्देश्यहरुको कार्यान्वनयसँगै नेपाल सरकार र मातहतका निकायहरुबाट प्राप्त हुने जिम्मेवारीहरुलाई अत्यन्तै गहनताका साथ पूरा गर्दै आएको संस्थाले आगामी दिनमा समेत सदस्य संस्थाहरु, राष्ट्र र आम जनताको हकहित र कल्याणका खातिर थप क्रियाशिल भइ लागिरहने प्रतिबद्धता व्यक्त गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?