सांसद ढकालको माग– ‘संसद बैठक सकिएपछि मात्रै हाजिर गर्ने व्यवस्था गरियोस्’

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेर संसद बैठक स्थगित हुन थालेकोप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसदहरु हाजिर गरेर हिँड्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले बैठक सकिएपछि मात्रै हाजिरीको व्यवस्था गर्न माग गर्दै आफूले बैठक सकिएपछि मात्रै हाजिरी गर्ने प्रतिबद्धता जनाए ।

‘बैठक सकिएपछि हाजिर गर्ने व्यवस्था गरियोस् । म घोषणा गर्न चाहन्छु– म अब हाजिर बैठक सकिएपछि मात्रै गर्नेछु ।’ उनले भने ।

यसअघि गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन्।

त्यसै विषयप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री नै संसद बैठकमा उपस्थित हुन छाडेको भन्दै एमाले सांसद रघुजी पन्तले त्यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?