मेरो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भयो : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भएको बताएका छन् । 

सोमवार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ‘एशीया प्यासिफिक समिट’ सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भएकोमा आपत्ति जनाएका हुन् । 

पूर्वप्रधानमन्त्री समेत रहेको नेता नेपालले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टीकरण दिएका हुन् । 

बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए ।

नेपाललाई विश्वमा चिनाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको बताउँदै नेता नेपालले भने, ‘समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि गलत मनासाय राख्ने काम भइरहेको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?