काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेश सरकार आफ्नो कामकारबाही छाडेर उपनिर्वाचनमा केन्द्रीत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले सो कुरा बताएका हुन् ।
बैठकमा बोल्दै सांसद झाले बारा क्षेत्र नं २ मा १० वैशाखमा हुने उपनिर्वाचनका लागि मधेश प्रदेश सरकार नै लागेको बताए ।
‘उपनिर्वानमा मधेश प्रदेशको पूर्ण सरकार बारा क्षेत्र नं २ मा केन्द्रीत भएको देखिन्छ । प्रदेश सरकारमा जाँदा मुख्यमन्त्री लगायत संयन्त्रका कोही पनि भेटिँदैनन् ।’ उनले भने ।
निर्वाचन आचारसंहिता कार्यान्वयन ऐन २०७९ र निर्वाचन आयोगको दफा ५० अनुसार यस्तो गर्न नपाइने भएता पनि किन त्यस्तो हुँदैछ भन्दै प्रश्न गरे ।
‘निर्वाचन आचारसंहिता कार्यान्वयन ऐन २०७९ र निर्वाचन आयोगको दफा ५० अनुसार यस्तो गर्न पाइँदैन । तर किन हुँदैछ ।’ उनको प्रश्न थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया