ओली निवास बालकोटमा बोलाइएको बैठकमा गएनन् प्रधानमन्त्री प्रचण्ड

लोकपथ
301
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहानको लागि बैठक आह्वान गरिएको थियो ।

सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुको बैठक बोलाइए पनि अन्तिम समयमा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

बिहान ९ बजेका लागि बैठक बोलाइए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री नआउने भएपछि बैठक स्थगित गरिएको एक नेताले लोकपथलाई जानकारी दिए । ती नेताका अनुसार पूर्व जानकारी भए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री त्यहाँ नगएपछि बैठक स्थगित हुन पुगेको हो ।

बैठकमा सहभागि हुन सभामुख देवराज घिमिरेसहित एमाले नेताहरु त्यहाँ पुगेका थिए ।

त्यसो त यसअघि पनि वैशाख १ गते बोलाइएको बैठक स्थगित भएको थियो ।

बैठकमा सत्यनिरुपण तथा मेलमिलाल आयोग (टीआरसी), संसदमा विचाराधीन विभिन्न विद्येयक र संसदलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुने एजेण्डा तय गरिएको थियो ।

अर्को बैठक कहिले बोलाउने भन्ने टुंगो नलागेको ती नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?