काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले डा गोविन्द केसीलाई आफ्नो छवि जोगाउन सुझाव दिएका छन् ।
सोमबार संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै नेता भट्टाराईले सो बताएका हुन् ।
डा केसीले अभियन्ताको रुपमा विशिष्ट छवि बनाएको भट्टाराईले बताउँदै यस्ता स–साना कुरामा अल्झेर बनेको छवि नगुमाउन आग्रह समेत गरेका थिए । सोमबार बिहान पत्रकार सम्मेलनमा प्रधानमन्त्री, पूर्व मन्त्री र आफूमाथि निम्नस्तरको टिप्पणी गरेर डा केसीले स्तर स्खलन गरेको योगेशको आरोप थियो।
देशलाई अप्ठेरो परेको बेला डा केसी जस्तो मान्छे आवश्यक रहेको भन्दै इज्जत खोज्नेले इज्जत जोगाउनु पनि आग्रह गरेका छन् ।
चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएका व्यवस्थाका सम्बन्धमा डा केसी र नेता भट्टराईबीच सामाजिक सञ्जालमा धरै नै सवालजवाफ चलेको थियो।
सोमबार बिहान पत्रकार सम्मेलन गरी डा केसीले सहमतिविपरित चिकित्सा शिक्षा विधयेकको प्रतिवेदन नभएको आरोप लगाएका छन् । उक्त प्रतिवेदन सच्याउन माग गर्दौ नसच्याए पुस २५ अघि नै अनसन बस्ने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया