उपसभापति गुरुङको टिप्पणी– ‘जेलमा बसेका भट्टराई सुन हुन्, अन्य उम्मेदवार पित्तल’

लोकपथ
84
Shares

तनहुँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईसँग अन्यको तुलना हुन नसक्ने दाबी गरेका छन्।

नेपालको लोकतान्त्रिक आन्दोलनमा भट्टराई जेल बसेको, पार्टीको पदमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक हाँकेको, त्यागी, निस्कलंक व्यक्ति रहेको भन्दै मत मागेका हुन् ।

तनहुँ लोकतन्त्र तथा विकास समाजले शनिबार दमौलीमा आयोजना गरेको ‘‘तनहुँ समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

‘गोविन्द सुन हुनुहुन्छ, राजनीति र विकासमा कुनै योगदान नभएका जेल नबसेका उम्मेदवार पित्तल हुन्’ गुरुङले भने, ‘‘गोविन्द भट्टराई जनतालाई स्वतन्त्रता प्रदान गर्न र विकास गर्नको लागि जेल परेको नेता हो कुखुरा चोरेर जेल बसेको व्यक्ति हैन । गोविन्द र अन्य उम्मेदवारमा आकाश र जमिनको फरक छ ।’

त्याग, बलिदानी, आन्दोलनबाट प्रजातन्त्रको स्थापना, पुर्नस्थापना तथा सङ्घीय गणतन्त्रको स्थापना भएको यसका विरुद्ध षणयन्त्र भएकाले सस्थागत गर्न गठबन्धन गरी सरकार निर्माण गरिएको बताए।

‘‘अब देशमा समाजवादको यात्रामा अघि बढ्न, भ्रष्ट्राचारीलाई सोहोरेर फालेर सुशासन कायम गर्ने गठबन्धन गरिएको हो’ गुरुङले भने ।

कार्यक्रममा काङ्ग्रेस नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले गोविन्द भट्टराई शालीन र धैर्यवान नेता भएको बताए । नेता रिजालले पार्टी भित्र अहिले नैँ पाइहालौँ भन्ने प्रवृत्ति केही नेतामा देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराईमा त्यस्तो कहिल्यै नदेखिएको भन्दै बरू उनी कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताए।

कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै उनले आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेर भट्टराईलाई भारीमतान्तरले जिताउनु पर्ने बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काङ्ग्रेसले धेरै मत फरकमा जितेको अवस्थामा अब वैशाख १० गते हुने निर्वाचनमा पनि अझै धेरै मत फरकमा चुनाव जित्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले अफ्ट्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराईमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?