नेकपा (क्रान्तिकारी माओवादी)ले रत्नपार्कको शान्तिबाटिकामा प्रदर्शन गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गर्ने भएको छ । 

नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कालो मोसो दलको अभियोगमा प्रहरीले आफ्नो नेता  पक्राउ गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)ले प्रदर्शन गर्न लागेका हुन् । 

नेकपा (क्रान्तिकारी माओवादी)ले ३ नं प्रदेशको आयोजनामा रत्नपार्कको शान्तिबाटिकामा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।  

पुस २२ गते पार्टीका काठमाडौं जिल्ला कमिटी सदस्य सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?