‘प्रहरीमा रहँदा जस्तै देश निर्माणको हुटहुटी अझै छ, तनहुँ–१ बाट न्याय हुन्छ’ (भिडियोसहित)

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार सर्वेन्द्र खनालले पूराना पार्टीले केही गरेनन् भनेर नयाँ पार्टीले भ्रम सिर्जना गर्न नहुने बताएका छन् ।

लोकपथसँगको संवादका क्रममा खनालले पूराना पार्टीहरुमा दुख गरेका, अनुभव बटुलेका र देशलाई हाक्नसक्ने क्षमता भएका थुप्रै व्यक्तिहरु रहेको बताए । पूराना पार्टी र नेताहरुले देशको व्यवस्था परिवर्तनका लागि, लोकतन्त्र प्राप्तीका लागि ठूलो त्याग गरेको बताउँदै बरु नयाँ पार्टीहरुले त्यसमा योगदान दिन नसकेको टिप्पणी गरे ।

‘काम गरेका धेरै छन् नी । राम्रो काम गरेका अनुभव बोकेका कैयाैँ छन् नी यो पार्टीभित्र ।’ खनालले भने, ‘पूराना भन्ने वित्तीकै सबैलाई आरोप लगाएर नयाँ आउनेले चाँही केही गर्नु नपर्ने प्राप्ती गर्नका लागि । प्रजातन्त्र प्राप्ती पनि केही छैन, लोकतन्त्र प्राप्ती पनि केही छैन । मुलुक द्धन्द्धमा फस्दै गर्दा पनि केही योगदान छैन ।’

पूर्व आईजीपी समेत रहेका खनालले आफूले प्रहरीमा रहेर संगालेका अनुभवका आधारमा राष्ट्र निर्माणको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो जन्म जिल्ला पनि रहेका कारण तनहुँले १० वैशाखको उपनिर्वाचनमा न्याय हुने समेत दाबी गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?